नियम १२
छात्रवृत्ति व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार
(१) नियम ११ बमोजिमको छात्रवृत्ति व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) छात्रवृत्ति, विशेष व्यवस्था तथा अवसर प्राप्त गर्ने विद्यार्थीको पहिचान तथा छनौट गर्ने,
(ख) छात्रवृत्ति, विशेष व्यवस्था तथा अवसरको न्यायोचित वितरण गर्ने,
(ग) नियम ९ बमोजिम जारी भएको मापदण्ड पालना भए नभएको अनुगमन गर्ने,
(घ) शैक्षिक गुणस्तर सम्बन्धमा अनुगमन गर्ने वा गराउने,
(ङ) छात्रवृत्ति, विशेष व्यवस्था तथा अवसर लक्षित बालबालिकाले प्राप्त गरे वा नगरेको अनुगमन गर्ने वा गराउने,
(च) छात्रवृत्ति, विशेष व्यवस्था तथा अवसरको प्रभावकारिताको अध्ययन गर्ने वा गराउने ।
(२) छात्रवृत्ति व्यवस्थापन सम्बन्धी प्रक्रिया छात्रवृत्ति व्यवस्थापन समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ।